१५ चैत्र २०८०, बिहीबार

पीसीआर परीक्षण गराउन अस्पताल लैजाँदै गर्दा थुनुवा भागे

arest

महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका थुनुवा काठमाडौंको न्युरोड गेटबाट भागेका छन् ।
प्रहरीको नियन्त्रणमा रहेका जबर्जस्ती करणी मुद्दाका निर्मल परियार पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दा भागेका हुन् ।

स्याङ्जा घर भएका परियार न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेका थिए । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।