१२ बैशाख २०८१, बुधबार

दुई–चार लाखका योजना संघीय सरकारले कार्यान्वयन गर्दैन : अर्थमन्त्री शर्मा

FinanceMinister janardan Sharma
फाइल फोटो

र्थमन्त्री जनार्दन शर्माले संघीय सरकारले दुई–चार लाखका योजना कार्यान्वयन नगर्ने बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएपछि सांसदहरुले गर्नुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहका अधिकार मिच्ने गरी गरिएका काममा सुधार ल्याइने पनि बताउनुभयो ।

‘दुई–चार लाख, २०–३० हजारका योजना संघीय सरकारले कार्यान्वयन गर्नेछैन । ती योजना सम्बन्धित प्रदेश र पालिकाले गर्नेछन् । यस्ता खालका सुधार गरिनेछन्,’ उहाँले भन्नुभयो ।

साथै उहाँले मानव विकासमा पछि परेका क्षेत्रलाई सरकारले ध्यान दिने बताउँदै कर्णाली, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मानव विकास कम गरहेको बताउनुभयो ।