७ बैशाख २०८१, शुक्रबार

संसदमा कुलमान नियुक्तिको विरोध, ‘कुलमान बुढो भएपछि प्राधिकरणको अवस्था के हुन्छ’

gajendra

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि संसदमा सांसदले विरोध गरेका छन् । सांसद गजेन्द्र बहादुर महतले कुलमानलाई प्राधिकरण कसैले पनि चलाउन नसक्ने जसरी हल्ला गरेर नियुक्त गरेको आरोप लगाए ।

महतले भने, ‘पुरानो सरकारले हनुमानबाहेक नदेख्ने नयाँ सरकार कुलमानबाहेक कोही नदेख्ने ।’ उनले आफूले कुलमानलाई हनुमानसँग दाच्न नखोजेको बताए । उनले प्रश्न गरे कुलमान बुढो भएपछि प्राधिकरणको अवस्था के हुन्छ ?

उनले भने प्राधिकरणमात्र छ, कुलमान मात्र छ, अरु छैन, नेपाल एयरलाइन्स छैन अरु नेपाली छैन ।