११ बैशाख २०८१, मंगलवार

कोरोना तेस्रो लहर आयो भनेर कुन अध्ययनका आधारमा भनिँदैछ ?: गगन थापा

Gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको तेस्रो लहर भनी कुन अनुसन्धान हो ? भन्दै प्रश्न उठाएका छन् ।

साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी प्रश्न गरेका हुन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप र कोरोना महामारीबारे सरकारको कामका विषयमा जानकारी गराएपछि थापाले खोपको काम प्रशंसायोग्य रहेको भन्दै खोप व्यवस्थापन यति धेरै कमजोर किन भनी प्रश्न गरे ।

‘कोरोनाको दोस्रो लहरपछि तेस्रो लहर आउने भनिएको छ । स्वाथ्य मन्त्रालयले दोस्रो लहर सकिएर तेस्रो लहर आयो भनेर कुन अध्ययनका आधारमा भनिँदैछ ?’ थापाले प्रश्न गरे ‘बालबालिकालाई धेरै खतरा कुन अध्ययन हो ?’

कतिपय स्थानका परीक्षा रोकिएका भन्दै उनले खोप दिएर परीक्षा दिने भनिएको अवस्था बारेमा जानकारी माग गरे ।