२६ बैशाख २०८१, बुधबार

पाखा लाग्दै एमाले? बागमती र प्रदेश १ सरकार पनि जोखिममा !

Sherdhan Rai and Dormani Paudel

बागमती प्रदेश र प्रदेश १ सरकार एमालेको आन्तरिक संघर्षका कारण जोखिममा पर्ने देखिएको छ ।

नेपाल खेमाकी नेतृ अष्टलक्ष्मी शाक्यले विपक्षी गठबन्धनसँग मिलेर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएकी थिईन् ।

पछी पार्टी एकताका लागि भन्दै अविश्वास प्रस्ताव केहि समयको लागी ओझेल परे पनि नेत्री शाक्यले अन्तिम समयमा केपी ओलीलाई राम्रै धक्का दिने बताएकी छिन ।

एक सय ९ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५५ जना सांसद भए पुग्छ । सत्तारुढ एमालेको पहिले ५७ जना सांसद रहेकोमा पशुपति चौलागाईंको निधन भएपछी भने ५६ सांसदसहित एकल बहुमत छ ।

त्यस्तै विपक्षी दल माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा र नेमकिपाका तीन–तीनजना र राप्रपाका दुईजना सांसद सहित एकजना स्वतन्त्र सांसद छन् ।

पार्टीभित्रको विवाद समाधान नभएमा नेपाल समूहमा रहेका २३ जना सांसदले पौडेलविरुद्ध विपक्षी गठबन्धनले ल्याउने अविश्वास प्रस्तावमा सहयोग गर्ने अत्यधीक सम्भावना छ ।

प्रदेश १ एमालेको अर्को शक्तिशाली सरकार भएपनि नेपाल खेमाले असहयोग गरेको खण्डमा अध्यक्ष ओली पक्षबाट मुख्यमन्त्री रहेका शेरधन राईको सरकार पनि ढल्ने सम्भावना उत्तिकै छ ।

प्रदेश १ मा ९३ जना रहेकोमा विपक्षी दल कांग्रेससँग १५, माओवादी केन्द्रका १५, जसपाका तीनजना र राप्रपा तथा संघीय लोकतान्त्रिक मञ्चका एक–एक जना सांसद छन् ।

यसमध्ये सत्तारुढ एमाले भने ५२ जना सांसदसहित एकल बहुमतमा छ । तर, यसमध्ये १८ जना सांसद एमालेको नेपाल खेमाका छन् ।

उनीहरू केन्द्रबाट पार्टी विभाजन वा नेता नेपालले विपक्षी गठबन्धनसँग सहकार्य गर्न निर्देशन दिएको खण्डमा मुख्यमन्त्री राईविरुद्ध उभिने सम्भावना छ । यी दुई सरकार पनि ढल्दा एमालेको ओलीपक्ष सबै प्रदेशबाट पाखा लाग्नेछ ।