१६ चैत्र २०८०, शुक्रबार

अधुरो र खोक्रो नीति तथा कार्यक्रम: पूर्व मुख्यमन्त्री पौडेल

DM Paudel SS

बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताएका छन् । प्रदेशसभाको नीति तथा कार्यक्रममाथि धारणा राख्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्पिपञ्जर जस्तो मात्रै भएको बताएका हुन् ।

उनले समाजवादका कुरा गरिए पनि व्यवहारमा नदेखिएको र आफूले खोजेको कुरा नीति तथा कार्यक्रममा नभेटिएको बताए । आफ्नो नेतृत्वको सरकारले बनाएको नीति तथा कार्यक्रम फिक्का बनाउने ढंगले अहिलेको कार्यक्रम आउने अपेक्षा गरेको तर त्यसो नभएको उनले बताए । समाजवादको नारा र कुरा गर्नेहरुले समाजवादी कार्यक्रम नल्याएको उनको दाबी छ ।

त्यसैगरी बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यो नीति तथा कार्यक्रम बेवारिसे बन्ने निश्चित भएको दाबी गरेकी छिन् । उनले हेटौंडा कपडा उद्योग ध्वस्त भएको र चलायमान चलाएमान नभएको बताउँदै त्यही उद्योगबाटै उत्पादन भएको लुगा लगाउनै पर्छ भनेर केन्द्रीय बजेमार्फत निर्देशन जारी गर्नु उचित नभएको बताएकी छिन् । महिला हिंसा मुक्त प्रदेश बनाउन प्रदेशले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिइन् ।