१३ बैशाख २०८१, बिहीबार

कांग्रेसको लेटरप्याडमा खोपको तोक लगाएर पठाउनु नैतिक काम हो ?

mahesh basnet

नेकपा (एमाले)का सांसद महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बस्नेतले श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाएका हुन् ।

बस्नेतले खोप लगाउन जनतालाई सास्ती भएको र कांग्रेस नेताको घर–घरमा खोप देखिएको समेत दावी गरे । ‘खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती ?,’ उनको प्रश्न छ, ‘यसलाई सहजीकरण गर्ने योजना के छ ?’

कांग्रेसबाट जितेका मेयरसँगै कांग्रेस उपसभापतिको घर र होटेलमा खोप भेटिएको उनको भनाइ छ । ‘धनकुटा नेपाली कांग्रेसको लेटर प्याडमा तपाईं मन्त्री स्वयंले तोक लगाएर खोप पठाउनु भएको छ, यो बारेमा तापाईंलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’ बस्नेतले प्रश्न गरे ।

पार्षिक ११ हजार विद्यार्थी एमबीबीस पढ्न चाहेको भन्दै उनले स्वदेशमा पढ्न नपाएपछि ९० अर्ब विदेश गइरहेको बताए । साथै उनले स्वाथ्य राज्यमन्त्री श्रेष्ठप्रति प्रश्न पनि उठाए– यो बारेमा विगतमा दिएका सम्बनधन रद्ध गर्ने भन्दै हुनुहुन्छ, तपाईं स्वास्थ्य माफियासँग मिल्नु भाको त होइन ? यसमा तपाईंको योजना के छ ?’

उनले भक्तपुरको क्यानसर अस्पतालाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढाउन पनि माग गरे।