१४ बैशाख २०८१, शुक्रबार

पहिलेको भन्दा १० हजारले बढ्यो काँग्रेस सभापती उम्मेदवारी दर्ता शुल्क, अन्यलाई कति ? (हेर्नुहोस् सूची)

congress meating

नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि शुल्क तोकिएको छ ।

नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो ।

congress shediual

यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो ।

यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको हो ।