१४ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म १ सय ८८ जनाको निधन

Kanchanpur District 1

कञ्चनपुरमा कोभिड–१९ को सङ्क्रमणका कारण हालसम्म निधन हुनेको सङ्ख्या १ सय ८८ पुगेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरमा निधन हुनेमा पुरुष १ सय २७ र महिला ६१ जना रहेका छन् । कञ्चनपुरमा कोरोनाबाट सबैभन्दा धेरै भीमदत्त नगरपालिकामा १ सय ३ जनाको मृत्यु भएको छ भने सबै भन्दा कमी लालझारी गाउँपालिकामा १ जनाको निधन भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

निधन हुनेमा २० वर्ष देखि ९८ वर्ष सम्मका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार १ सय ६० रहेको छ । ती मध्ये ७ हजार ८६८ जना संक्रमण मुक्त भएका छन् । यहाँ हिजो सोमवार साँझसम्म ८६ जना सक्रिय कोरोना संक्रमित रहेको प्रमुख सुनारले जानकारी दिनुभयो ।

सक्रिय संक्रमित मध्ये कसैको पनि अवस्था गम्भीर नभएकाले होम आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा स्वास्थ्य मापदण्ड पालनामा प्रशासनले गरेको अनुरोधलाई आम जनताले गम्भीरताका साथ लिएका कारण कोरोनाको वृद्धि दरमा नियन्त्रण गर्न सकिएको स्वास्थ्य कार्यालय प्रमुख सुनारको भनाई छ । जिल्लामा तेस्रो कोरोनाको लहरका लागी आवश्यक पूर्वाधार निर्माण लगायतको तयारी पनि भई रहेको छ ।

महाकाली प्रादेशिक अस्पतालमा ५० शय्याको बाल कोभिड अस्पतालको निर्माण कार्य सुरु गरिएको छ ।