१३ बैशाख २०८१, बिहीबार

‘अब भारतसँग आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ?’

Bimala Ghimire

राष्ट्रियसभा सदस्य विमला घिमिरेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नेपालीलाई महाकाली नदीमा बगाएको घटनाबारे सरकरले शिर ठाडो पारेर बोल्न नसकेको आरोप लगाएकी छन् ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै घिमिरेले भनिन्, “दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएर नेपाली युवा महाकालीमा बगेको घटना सरकारले भारतसँग कुरा नगरेर हाम्रो शिर निहुरिएको छु, उनले भनिन्, ‘अब आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ?’

उनले हिजो भारतले नाकाबन्दी गर्दा टुलुटुलु हेरेर बस्ने सरकार अहिले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि रमिते बनेको बताइन् ।

“हिजो नाकाबन्दी हुँदा होइन भनेर चुप लागेर बस्नेहरु, लिम्पियाधुरा र कालापानी मिच्दा नबोल्नेहरुको सरकार छ अहिले,” उनले भनिन्, “तर नेपालीमाथि अपमान भइरहँदा पनि यो सरकार मौन छ, के यही हो त परमादेश सरकारको काम ?”

घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भूमि व्यवस्था आयोगको कामलाई माटोमा मिलाउने काम देउवा नेतृत्वको सरकारले गर्न लागेको बताइन्।

फेरि नयाँ नियुक्ति गरेर काम अघि बढाउँदा निर्वाचन अगाडि भूमिहीनले जग्गाधनी पुर्जा नपाउने उनले ठोकुवा गरेकी छन्।

    सम्बन्धित समाचार...