७ बैशाख २०८१, शुक्रबार

ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

khillal bhattarai

नेकपा एमालेका सांसद खिमलाल भट्टराईले केपी ओली पुनः जनतामाझ गएर सत्तामा आउने बताएका छन् ।

आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले सडक, चोक, सदन र सरकार सबैतिर केपी ओलीकै प्रभाव रहेको बताए । उनले भने, ‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन, त्यो राजनेता फर्केर आउँछ ।’

केपी ओलीलाई कसरी हटाइयो भन्ने जनताले छर्लंग बुझेका पनि उनले बताए । ‘नेपालले विकासमा फड्को मार्छ, जनताको जीवन बद्लिन्छ भन्ने थियो, जसबाट आशा गरिएका थियो उसलाई घेराबन्दी गरियो, गुटबन्दीबाट उसलाई हटाउने काम भयो, मुद्दा मामिलाबाट हटाउने काम भयो, ढोकाबाट हैन, झ्यालबाट हटाउने काम भयो, आज जनताले पनि चोकचोकमा यही चर्चा गरेको पाउँछौँ,’ सांसद भट्टराईले भने ।

केपी ओलीको निष्ठामाथि बारम्बार प्रहार भइरहेको पनि उनले बताए ।

सांसद घट्टराईले केपी बालुवाटार सिंहदरबार छाडेर गए पनि राजनीति उनकै वरिपरि घुमेको पनि बताए । सडकमा होस् वा सदनमा होस् केपीकै चर्चा हुने गरेको उनले बताए ।