१४ बैशाख २०८१, शुक्रबार

रायमाझी भन्छन्: ‘केपी ओली राजनेता होइनन्, भ्रष्टाचारका नाइके मात्रै हुन्’

Ramesh Jung Rayamajhi

राष्ट्रियसभा सांसद् रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता मान्नै नसकिने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद् रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायकको संज्ञा दिएका छन् ।

“केपी शर्मा ओली भ्रष्टाचारका महान नयाक हुन् । कांगेसले ओली सरकारलाई दुई वर्ष वर्षसम्म आँखा चिम्लेर समर्थन गरेको थियो,” उनले भने,“तर, ओली सरकार पटक–पटक भ्रष्टाचारमा डुब्यो । कोभिडका केला झन् ठूलो भ्रष्टाचार भयो । केपी शर्मा ओली भ्रष्टाचारको महान् नायकलाई तह लगाउन पाँच दलीय गठबन्धन बनेको हो ।”

उनले ओलीका पालामा अरबौँ भ्रष्टाचार भएको पनि टिप्पणी गरे । “अरबौँ भ्रष्टाचार गर्ने केपी ओली राजनेता होइन्, भ्रष्टाचारका नाइके मात्रै हुन्,” उनले थपे,“उनी माफियासँग मिले, अरबौँको सरकारी सम्पत्ति व्यापारीलाई सुम्पिए । माफियाहरुसँग सरकारको संलग्नता हुन्छ ?”

उनले कोभिड महामारीमा अरबौँ भ्रष्टाचार भएको भन्दै कारबाही माग गरे । “कोभिड महामारीमा स्वास्थ्य सामाग्री खरिदमा अरबौँ भ्रष्टाचार भएको छ । त्यसमा संलग्नलाई कारबाही होस्,” उनले भने,“गोकर्ण रिसोर्टमा अरबौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दा मलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइयो । ओलीले यती होल्डिङलाई मुलुक जिम्मा लउँथे तर उनले समय नपाएर मात्रै त्यो सम्भव नभएको हो ।”