७ बैशाख २०८१, शुक्रबार

विपक्षी दलको नेताका रुपमा ओलीले पहिलोपटक आज संसद्‌मा सम्बोधन गर्ने

oli kp baa
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक आज संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्यूनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना छ ।

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीलाई खोजेका थिए भने प्रधानमन्त्रीलाई बधाई दिने बेला समेत ओलीको अनुपस्थितिप्रति प्रश्न उठाएका थिए ।