१४ बैशाख २०८१, शुक्रबार

महाधिवेशन समयमै गर्न नसकिए नेतृत्व दोषी हुन्छ: डा. भण्डारी

chandra bhandari
फाइल फोटो

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् डा. चन्द्र भण्डारीले तोकिएकै समयमा महाधिवेशन हुन नसके यसको दोष नेतृत्वले लिनुपर्ने पनि बताएका छन् ।

उनले भने, ‘चार जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्नसक्छन्, मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ ।’ उनले अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने पनि विश्वास दिलाए ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । उनले भने,‘सरकारले पूर्णता पाउँछ । आकांक्षी धेरै भएर सरकार विस्तारमा ढिलाई भएको होइन । मलाई लाग्छ अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ सरकारको आयु डेढ वर्ष भएकोले यो अवधिमा जनताको मन जित्ने गरी राम्रो काम गरिने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामी जनपक्षीय काम गर्छौं ।’ उनले समाजवादमा पुग्नको लागि धेरै मेहनत गरिने पनि बताए ।

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद् राजेन्द्र श्रेष्ठले अबको दुई÷चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाए । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाई छ ।

उनले भने,‘यो गठबन्धनको सरकार हो । त्यसो भएको हुनाले अहिले सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भैरहेको छ । हामीले हिजो भर्खरै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छौं । गठबन्धन भन्ने बित्तिकै सार्वभौम र समानताको आधारमा सरकार चल्ने कुरा हो । यसमा भावनात्मक एकताको कुरा पनि हुन्छ । मन्त्रालय बाँडफाँडको विषयमा छफल भैरहेको छ ।’

उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिइने पनि बताए । उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए । उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरुको एलायन्स बनेको सुनाए । आफूहरु यो संसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाइ छ ।