२६ बैशाख २०८१, बुधबार

नेपालमा थप थपिए ३,६५१ संक्रमित, २२ जनाको निधन

corona insurance

नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ६५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ४५५ आरटी पिसिआर र ६ हजार १४९ एन्टिजेन गरी कुल १६ हजार ६९४ जनामा परीक्षण गरिएकोमा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा, ३ हजार ३८१ संस्थागत आइसोलेसनमा र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७४१ जना र भेन्टिलेटरमा १८६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २२ जनाको संक्रमणबाट निधन भएको भएको छ । योसँगै हालसम्म निधन हुनेको संख्या १० हजार ११५ पुगेको छ ।