८ बैशाख २०८१, शनिबार

राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणा

rpp DZERzsaLDl

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण घोषणा भएको छ। काठमाडौंमा बुधबार राष्ट्रियसभा गृहमा एकीकरण सभा गरेर पार्टी एक भएको घोषणा गरिएको हो।

अध्यक्ष कमल थापा र पशुपतिशम्शेर जबराले पार्टी एकीकरण पत्र आदानप्रदान गरेर दुई पार्टी अबदेखि राप्रपा भएको घोषणा गरेका हुन्।

एकीकरण पत्र आदानप्रदान गरिरहँदा कार्यकर्ताले बोल्न पाउनुपर्ने माग गरेका थिए। एक जनाले बोल्न एक मिनेट समय माग गर्दै भने, ‘पटकपटक पार्टी फुटेर धोका पाएका छौं। नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैनौं भन्नुपर्‍यो।’

उनले बोलेपछि अर्का एकजनाले गीताको पुस्तक मञ्चमा लगेका थिए। तर अध्यक्ष थापा र राणाले उक्त पुस्तक छोएनन्।

हिन्दु राष्ट्र बनाउने नीतिअनुसार दुई राप्रपा मिलेका हुन्। एकीकरणसँगै राप्रपामा थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।

घोषणा सभामा बोल्दै सांसदसमेत रहेका पार्टीका नेता राजेन्द्र लिङ्देनले राप्रपाले यसअघिका चुनावमा सघाएकोले नेकपा र कांग्रेसले धेरै सिट जितेको बताए।

राप्रपाले एक सिट मात्रै जितेको भनेर पार्टीभित्र र बाहिर आलोचना हुने गरेको पनि उनले बताए।