१३ बैशाख २०८१, बिहीबार

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा भाँडभैलो

rpp DZERzsaLDl

राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ । राजधानीमा जारी दुई राप्रपाबीचको एकतासभामा कार्यकर्ताले अबदेखि पार्टी टुक्र्याउन नपाइने भन्दै भाँडभैलो मच्चाएका हुन् ।

नेता दिपक बोहोराले सम्बोधन गरिरहेका बेला दर्शकदिर्घामा बसेका पार्टी कार्यकर्ताहरुले अध्यक्षहरुलाई गिता छोएर अबदेखि पार्टी फुटाउँदैनौ भनेर कसम खान दबाब दिएपछि अध्यक्षहरुले त्यसको इन्कार गरेका थिए । अध्यक्षहरुले इन्कार गरेलगत्तै भाँडभैलो मच्चिएको हो ।