२७ बैशाख २०८१, बिहीबार

सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगेको भन्दै पौडेलद्वारा देउवाको आलोचना

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको भन्दै सांकेतिक रुपमा सभापति शेरबहादुर देउवाको कडा आलोचना गर्नुभएको छ ।

पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्६ाटस लेख्दै नेता पौडेलले नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको टिप्पणी समेत गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? भन्दै यो देशकै विडम्बना भएको उल्लेख गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको आरोपसमेत लगाउनुभएको छ ।

ramchandra