४ जेष्ठ २०८१, शुक्रबार

कचनकवलबाट पाँच लाखको अवैध कपडा बरामद

abaidh kapada 768x521 1

झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमा नाकाबाट अवैध रुपमा भन्सार छलेर सरसामान भित्रिन थालेको छ ।

यसै क्रममा सशस्त्र प्रहरीले शनिबार राति करिब ५ लाख १९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको छ ।

सो कपडा कचनकवल गाउँपालिका– ५ स्थित पाठामारी नाकाबाट भन्सार छलेर भित्र्याइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

भन्सार छलेका चार पोका कपडा बनियानीबाट भद्रपुरतर्फ आइरहेको विशेष सूचनाको आधारमा विओपी भद्रपुरका प्रहरी निरीक्षक बिभुराज दाहाल नेतृत्वमा खटिएको टोलीले रंंगियाडाँगाबाट बरामद गरेको हो । बरामद गरिएको कपडाका बोरामा २०७८ थान टी–सर्ट रहेको छ ।

बरामद गरिएको कपडा भद्रपुर भन्सार कार्यालय बुझाइएको डिएसपी भण्डारीले जानकारी दिनुभयो ।