२७ बैशाख २०८१, बिहीबार

प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गरिएको रिट निवेदन सर्वोच्चद्वारा दरपीठ

suprem court

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

विशेष अधिवेशनविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपीठ गरिदिएको हो।

अधिवक्ता प्रवेश केसी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुग्नु भएको थियो । प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले साउन साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

विपक्षी गठबन्धनले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेपछि प्रदेश प्रमुख शेरचनले अधिवेशन बोलाउनुभएको हो ।