१४ बैशाख २०८१, शुक्रबार

पूर्वकप्तान पारस खड्काले लगाउने ७७ प्रयोगमा नल्याउने क्यानको निर्णय

parash

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सम्मानस्वरूप प्रयोगमा नल्याउने निर्णय गरेको छ ।

पारसले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने जनाएको छ ।