१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘एक्स ९’ का निर्माता र अनमोलबीच महंगो रकममा सम्झौता

anmol and mukund 3

अभिनेता अनमोल केसीले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी मुकुन्द भट्टद्धारा निर्देशन हुने फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको थियो ।

अनमोलले नै सामाजिक सञ्जालमार्फत फिल्ममा आफु अनुबन्धित भएको समेत जानकारी दिएका छन् । अनमोललाई यो फिल्मका लागि केहि महिना अघि नै ७० लाख तिरेर फिल्ममा खेल्न लागेको हल्ला चलेको थियो । अहिले कतिमा साइन गरे भन्ने नखुलाए पनि उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बुझिएको छ ।

फिल्म ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट र अनमोलको छलफल निषेधाज्ञाबीच नै भएको थियो । निर्देशक भट्टले ७० लाख रुपैया अनमोललाई फिल्ममा खेलाउन चाहेको बताएका थिए । त्यसैले अनमोल फिल्ममा साइन गर्ने नगर्नेमा अलमलमा थिए । आगामी जनवरीबाट फिल्मको छायांकन सुरु निर्माण पक्षको तयारी रहेको छ ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘एक्स ९’ को कथा मुकुन्द भट्ट र किंग योगीले लेखेका हुन् । यस फिल्मको कार्यकारी निर्मातामा रुपमा दिनेश भट्ट रहेको छन् भने निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् ।

anmol and mukund

यो फिल्मको छायांकन नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा गरिने निर्देशक भट्टले जानकारी दिएका छन् । यो फिल्मका लागि भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको जानकारी दिएको छ ।

तर, उनीसँग लकडाउनका कारण कागजी सम्झौता भइसकेको छैन । यस फिल्ममा अनमोल केसीका अलवा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ ।

अनमोल आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ समेत अनुबन्धित छन् । कोरोना त्रास र निषेधाज्ञाका कारण यि फिल्म छायांकनमा निस्कन सकेका छैनन् । निर्माण पक्षका अनुसार अनमोल फिल्म ‘एक्स ९’ मा भन्दा अघि एउटा फिल्मको छायांकन पूरा गर्ने योजनामा छन् ।