३१ बैशाख २०८१, सोमबार

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

rain

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मन्जु बासीकाअनुसार अहिले घाम लागेको ठाउँमा पनि दिउँसो बादल लागेर पानी पर्न सक्नेछ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १ र बाग्मती प्रदेशको एकदुई ठाउँमा भने मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो ।