२२ बैशाख २०८१, शनिबार

एक्लो प्रयासले पार्टीभित्रको समस्या समाधान हुन्न : नेपाल

madhav nepal
फाइल फोटो

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताउनुभएको छ ।

शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीभित्रका सबै कुरा आफूले मात्रै जानेको छु र सर्वज्ञानी हुँ भन्ने अहङ्कारी प्रवृत्तिले पार्टीभित्र झन् समस्या पैदा गरेको बताउनुभयो । उहाँले पार्टीभित्रका समस्या समाधान गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभयो ।

एमालेभित्र देखिएका समस्या समाधान गराउन आफूले संवेदनशील भएर आवश्यक कदम चालिरहेको बताउनुभयो । उहाँले पार्टीका जनवर्गीय सङ्गठन चलायमान बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।