२० बैशाख २०८१, बिहीबार

टोकियो ओलम्पिक : मात्र २४ स्वर्णको नतिजा बाँकी

Olympic

टोकियो ओलम्पिक २०२० मा अब मात्र २४ स्वर्णको नतिजा आउन बाँकी छ । आइतबारसम्म चल्ने टोकियो ओलम्पिकको बाँकीको दुई दिनमा २४ स्वर्णको नतिजा आउन बाँकी रहँदा चीनले आफ्नो वर्चश्वतालाई यथावत राखेको छ । हालसम्म ९१ राष्ट्रले कम्तिमा एक पदक जितेको छ । ६३ राष्ट्रले कम्तिमा एक स्वर्ण जित्न सफल भएको छ ।

टोकियो ओलम्पिक सम्पन्न हुन लाग्दा चीनले हालसम्म ३८ स्वर्ण जितेको छ । तर उसले सबैभन्दा बढी पदक जित्ने राष्ट्रमा संयुक्त राज्य अमेरिकाभन्दा मुनि दोस्रो स्थानमा छ । चीनले कुल ८६ पदक जितेको छ । अमेरिकाले भने १०३ पदक जितेको छ । अमेरिकाले ३४ स्वर्ण, ३७ रजत र ३२ काँस्य जितेको छ ।

आयोजक जापानले हालसम्म २५ स्वर्णसहित कुल ५४ पदक जितेको छ । बेलायतले २० स्वर्णसहित कुल ६३ पदक र रुस ओलम्पिक कमिटिले १९ स्वर्णसहित ६७ पदक जितेको छ । कुल पदक जित्नेमा रुस तेस्रो, बेलायत चौथो तथा जापान पाँचौं स्थानमा छन् ।

अष्ट्रेलियाले १७, जर्मनी, इटाली र नेदरल्याण्ड्सले सामान दश दश स्वर्ण जितेको छ । फ्रान्स र न्युजिल्याण्डले सामान सात सात स्वर्ण तथा हँगेरी, क्यानाडा, दक्षिण कोरिया, ब्राजिल, क्यूबा, पोल्याण्ड, चेक रिपब्लिक, नर्वे, जमैकाले चार चार स्वर्ण जितेको छ ।

स्पेन, स्वीटजरल्याण्ड, केन्या, डेनमार्क, क्रोएशिया, बेल्जियम, स्लोभेनियाले तीन तीन स्वर्ण जितेको छ । स्वीडेन, जर्जिया, चाइनिज ताईपेइ, टर्की, इरान, सर्बिया, बुल्गेरिया, यूगाण्डा, इक्वेडर, इजरायल, उज्वेकिस्तान, ग्रीस, कतार, बहामास, कोसोभोले सामान दुई दुई स्वर्ण जितेको छ । २१ राष्ट्रले कम्तिमा एक स्वर्ण जितेको छ ।