८ जेष्ठ २०८१, मंगलवार

खोप केन्द्रमा हुने भीड व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

helth ministry office nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

मन्त्रालयले आज अपिल जारी गर्दै जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रमा हुने भीड व्यवस्थापन गर्न भनेको हो।

मन्त्रालयले खोप केन्द्रमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवक परिचालन गरेर भएपनि सहज व्यवस्था मिलाउन भनेको छ।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सहज हुने गरी व्यवस्थापन गर्न सबै जिल्ला खोप समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय निकाय र सरोकारवालालाई अनुरोध गरिएको छ ।

खोप आपूर्ति बढाउँदै केन्द्र विस्तार गरेपनि भीड व्यवस्थापन गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।