७ बैशाख २०८१, शुक्रबार

पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरियो : माधव नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको टिप्पणी गरेका छन् ।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् ।

पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने उनको भनाई छ । ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखापर्‍यो’, उनले भने ।

आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने उनको भनाई छ । ‘त्रुटी नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटी हुन सक्दछ । सबै सुध्रिउन् । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं’ उनले भने ।