
दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टोलिले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार भदौ तेस्रो साता नेपालले भारतको राष्ट्रिय फुटबल टोलिसँग स्पर्धा गर्ने तय भएको छ ।
एन्फाका अनुसार अखिल नेपाल फुटबल संघ र अखिल भारत फुटबल संघबीच औपचारिक रुपमा मैत्रीपूर्ण फुटबलका लागि सहमति भएको छ ।
भारत पनि साफ च्याम्पियनशीपको तयारीमा रहेका छ । दुबै टोलिले हालसम्म एक अर्का बिरुद्ध १९ खेल खेलेको छ । भारतले १३ खेल जितेको छ ।
नेपालले भारतलाई दुईपटक हराएको छ । सन् २०१३ मा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनशीपमा नेपालले २–१ ले भारतलाई हराएको थियो ।
पछिल्लो पटक नेपालले भारतलाई मार्च २०१५ मा आयोजना गरेको थियो । दुबै टोलिले गोलरहित बराबरी खेलेको थियो । सन् २०१८ को फिफा विश्वकप छनोट खेल्ने क्रममा सन् २०१५ मा नेपालले भारतको सामना दशरथ रङ्गशालामा गरेको थियो ।