१४ बैशाख २०८१, शुक्रबार

बिपी प्रतिष्ठानको आर्थिक अनिमियतता गर्नेमाथि कारबाही हुन्छ : राज्यमन्त्री श्रेष्ठ

umesh shrestha minister health state
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार संघीइ संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले सिनेट बोलाएर छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै बैठक बोलाउन लागेका जानकारी गराए ।

“बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाइ छानबिन समिति गठन गर्ने छ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,” उनले भने ।

राज्यमन्त्री श्रेष्ठले जन स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको बताए । उनले सार्वजनिक महत्वको संस्थाहरुलाई जथाभावी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ सहयोग गर्न आग्रह गरे ।