७ बैशाख २०८१, शुक्रबार

जसपा अझै विभाजन भएको छैन्ः ठाकुर

mahant thakurrr 750x375 1
फाइल फोटो

विभागजन हुन पुगेको राष्ट्रिय जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरले पार्टी विभाजन भएपनि आफुहरुको सांसद पद नजाने दावी गरेका छन् ।

बिहीबार जनकपुर आईपुगेका ठाकुरले आफुहरुको सांसद पद जान्छ भनेर खुसी वा दुःखी हुने अवस्था नरहेको र यस सम्बन्धी गलत भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा ठाकुरले भने,‘ निर्वाचन आयोगको स्टेटमेन्टमा ‘पोजीसन अफ ल मेकर्स विल रिमेन ईनटयाक्ट’ भनेर क्लियर लेखिएको छ, यसको अर्थ बुझन सबैलाई आग्रह गर्छु । हाम्रो सांसद पद गएको छैन ।’

सञ्चारकर्मीको एक प्रश्नमा ठाकुरले भने,‘ तत्काल कुनै पार्टी खोल्ने नखोल्ने विषय होईन । दल सम्बन्धि विवाद सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले कुनै नयाँ पार्टी खोल्ने वा पुरानैमा जाने विषय स्पष्ट हुन सकेको छैन ।’

संविधान संशोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई र लाल आयोग प्रतिवेदन सार्वजानिक सहितका मांगहरु सम्बोधनकै लागि विगतमा विभिन्न पार्टी र प्रधानमन्त्रीलाई समर्थन गरे जस्तै वर्तमान सरकारलाई समेत समर्थन गरेको उनको तर्क थियो ।

मधेशको मांग प्रचण्ड, देउवा र माधव नेपालले मात्रै पुरा गर्ने तथा केपी शर्मा ओलीले केहि गर्न नसक्ने भन्नु राजनीतिमा गलत बुझाई भएको ठाकुरको भनाई थियो । ठाकुरलाई जनकपुरधाम विमान स्थलमा नेता तथा कार्यक्रताहरुले स्वागत गरेका थिए ।

सो अवसरमा उनी संगै आएका नेता उमाशंकर अरगरिया, नेता परमेश्वर साह, बृषेशचन्द्र लाल, विजय सिंह मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल सहितको सहभागिता थियो ।

जनता समाजवादी पार्टी (जसपा)कै ब्यानगरमा महन्थ ठाकुर पक्ष समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । ठाकुर पक्षले शुक्रबार एकैदिन सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्दैछन् । अहिले कार्यकर्ता भेलाको नाममा संगठन निर्माण गर्ने र पछि नयाँ पार्टी गठन गर्ने ठाकुर पक्षको रणनीति छ ।

अगुवा कार्यकर्ता भेलामै सहभागी हुन बिहीवार महन्ठ ठाकुर र उमाशंकर अरगरिया जनकपुरधाम आए । उनीहरुलाई जनकपुरधाम बिमानस्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरे । समर्थनमा नारा समेत लगाए ।

अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियालाई स्वागत गर्न प्रदेश २ का पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र प्रदेश साँसद प्रमेश्वर साह समेत पुगेका थिए ।