१४ बैशाख २०८१, शुक्रबार

अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी बार्सिलोनाको रहेन

messi

क्याटालोन क्लब बार्सिलोनाले अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी बार्सिलोनामा नरहने बताएको छ । आर्थिक र बनावटीय अवरोधले उहाँ बार्सिलोनामा नरहने उसले प्रष्ट्याएको छ ।

३४ वर्षीय मेस्सी बार्सिलोनासँगको अनुबन्धन सम्झौता सकिएपछि गत् जुलाई १ देखि स्वतन्त्र खेलाडी हुनुहुन्छ । दुई सातापछि उहाँले पारश्रमिक घटने नयाँ सम्झौता गर्न सहमत हुनुभएको थियो । तर त्यसका लागि बार्सिलोनाले केही खेलाडीलाई मुक्त गरेर उहाँको तलबको जोहो गर्नुपर्ने थियो ।

बार्सिलोनाले एक वक्तब्य जारी गरी भनेको छ, “खेलाडी र क्लबको इच्छा पुरा नहुने भएकोमा दुबै पक्ष अत्यन्तै पश्चतापमा छन् ।”

मेस्सीले नयाँ सम्झौता गरेर आफ्नो २१ वर्षे आबद्धतालाई लम्ब्याउन तयार रहेपनि ला लिगाको कारणले त्यसो हुन नसकेको बार्सिलोनाले जनाएको छ । मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहन सहमत हुनुभएको थियो । तर ला लिगाले कुनै नयाँ खेलाडी दत्र्ता गर्नु अघि खेलाडीको तलब घटाउनुपर्ने जनाएको थियो ।

बार्सिलोनाले मेस्सीको अगामी यात्राका लागि शुभकामना दिदै यतिका वर्षसम्म क्लबमा आबद्ध रहेर सेवा गरेकोमा कृतज्ञता ब्यक्त गरेको छ । मेस्सी बार्सिलोनाका सर्बाधिक गोलकत्र्ता खेलाडी हुनुहुन्छ । उहाँले हालसम्म ६७२ गोल गर्नुभएको छ ।

बार्सिलोनामा आबद्ध रहँदा उहाँले दश पटक ला लिगाको उपाधि, चार पटक च्याम्पियन्स लिग र सात पटक कोपा डेल रेलसँगै फिफाले प्रदान गर्ने बलून डे अरको उपाधि छ पटक जित्नुभएको छ ।

मेस्सीलाई बार्सिलोनामै राख्ने अध्यक्ष जोआन लर्पोटाको सबैभन्दा प्राथमिकताको विषय थियो । बार्सिलोनासँगको आबद्धता त्यागेपछि लियोनल मेस्सी विश्वकै सर्बाधिक माग भएका खेलाडी बन्ने बताइएको छ ।

बार्सिलोनासँगको आबद्धता लम्ब्याउन सहमति नभएको अवस्थामा मेस्सीले पेरिस सैन्ट जर्माइन वा म्यान्चेष्टर सिटीमा आबद्ध हुने चर्चा चलेको थियो । अमेरिकी फुटबलको प्रमुख लिगमा आबद्ध हुन सक्ने विकल्प समेत मेस्सीसँग विद्यमान छ ।