१९ बैशाख २०८१, बुधबार

बन्धक बनाएको भनेर सांसद ‌ओलीले लगाएको आरोप निराधार: एमाले

oli aarop

नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको स्पष्ट पारेको छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएको दाबी गरे । मुख्यमन्त्रीसंग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनको भनाई छ ।

यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पु¥याएर राखेको र आफु भागेर निस्कन सफल भएको बताएकी थिइन् ।

यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ती पनि जनाए ।