६ बैशाख २०८१, बिहीबार

पहिरो बगेको स्थानमै चार दिन बिताउने, ड्रोनको सहयोग लिइने

Capture

बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली भोलि जाने भएको छ । त्यसतर्फ जाने पूर्वतयारी भए पनि मौसम प्रतिकुल भएका कारण जान नसकिएको खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाले बताउनुभयो ।

मौसममा समस्या नआए भोलि जाने तयारी रहेको उहाँले बताउनुभयो । प्राविधिक टोलीले बाढी र पहिरोको के कसरी भयो भनेर विस्तृत अध्ययन गर्ने छ । बाढी अर्थात लेदो बगेको मुहानमै चार दिन बसेर अध्ययन गरिने भूर्गभविद् बास्कोटाले बताउनुभयो ।

अध्ययनको लागि चाहिने उपकरणको साथै डोनमार्फत त्यस क्षेत्रको अवस्था हेरिने छ । त्यस क्षेत्रको मुहानमा पाल टाँगेर बस्ने योजना रहेको छ ।

सिन्धुपालचोकको भेमाथानको माथिनै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले बताउनुभयो ।

स्थलगत अध्ययन पछि कसरी के कारणले बाढी पहिरो आयो भनेर कारण थाहा हुने उहाँले बताउनुभयो । यस अघि पनि विभिन्न सरोकारवाला निकायको टोली त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भए तापनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन् ।

अध्ययन पछि लेदोको बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हन सक्ने छ । मेलम्चीमा आएको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठुलो नोक्सानी गरेको छ । खाने विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा टोली जान लागेको हो ।

सो टोलीमा विभागका अर्को भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना हुनुहुन्छ । मेलम्चीमा बाढी र लेदो बग्न नरोकिए पछि त्यस क्षेत्रका बस्ती समेत जोखिममा रहेका छन् ।