१२ बैशाख २०८१, बुधबार

नेपाली नागरिकता नै नभएका बाबु उनको छोरा पवन भगेरियाले लिए बंशज नागरिकता

citizan

भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका दूई सन्तान एउटा नेपालको बंशज नागरिक अर्को भारतको नागरिकता धारी, बाबुको छोराले बंशज नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो ।

तर भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादको नोपली नागरिकताको पत्तो नै नभएको सन्तानले बंशजको नागरिकता धारण गरेको बिषय अहिले चर्चामा छ । एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंसज नागरिक रहेको तथ्य फेला परे संगै यो बिषयले चर्चा पाएको हो ।

भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझै पनि भारतीय नागरिक नै हुन । तर कान्छोछोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंसज नागरिकता लिन सफल भएका छन् । आज उनी “बोनाफाइड” नेपाली भएका छन ।

केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान सप्लाइ गरेर चर्चामा आएका भंगेरिया गैर कानूनी काम गरेर छिटो धन आर्जन गर्न सफल भएका ब्यक्ति हुन । उनले सम्पती मात्र जोडेका छैनन । ०६३ सालमा नागरिकता बितरण टोलीले नागरिकता बितरण गर्दा एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई समेत नागरिकता दिन लगाएर भित्र्याएका छन ।

स्थानीय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको छ । तर मुद्धा दुई दशकदेखि किनारामा पुर्याउने गरि काम भने भएको छैन ।

भगेरियाको नागरिकता मुद्दा सिडियोका लागि दुहुनो गाई

बुबुको नागरिकता भएको छोराले बंसज नागरिकता पाउने व्यवस्था भएतापनि एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंसज नागरिक रहेको तथ्य फेला परेको छ ।

भारत बिहार मुजफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझ पनि भारतीय नागरिक नै रहेको तथ्य प्रमाणले पुष्टि गरेको भएतापनि कान्छोछोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंसज नागरिकता लिन सफल भएका छन् ।

nagariktaaaa 750x375 1

केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान सप्लाइ गरेर अहिले वीरगन्ज महानगरपालिका भित्र सय करोड भन्दा बढीको सम्पति मात्र जोडेका छैनन् । भएभरका एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई २०६३सालमा नागरिकता दिलाएका छन् ।

स्थनिय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको भएतापनि दुई दशकदेखि कारवाही भन्दा पनि लेनदेन गर्ने कार्य मात्र भएको छ । पर्सा जिल्ल्लामा आउने प्रजिअले अनुसन्धानको लागी भगरियालाई कार्यालयमा भिकाउने बिचौलियाकै रुपमा भगेरियालाई परिचालित गरि ‘जीओ और जीने दो’ भन्ने हिन्दी उखानलाई चरितार्थ गर्दै आएका छन् । जनकपुर टुडे