२५ बैशाख २०८१, मंगलवार

जारी निषेधाज्ञा एक हप्ता देखि १० दिन थप हुँन सक्ने, उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

kathmandu cdo office

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक केहीबेरमा बस्दै छ । कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल हुँने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बैठक अहिले ४ बजे बस्ने र कोरोना संक्रमणको बारेमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर बैठकमा छलफल हुँने हुँने समेत उहाँले बताउनुभयो । जारी निषेधाज्ञा एक हप्ता देखि १० दिन थप हुँन सक्ने उहाँले बताउनुभयो ।

जारी निषेधाज्ञामा भीडभाड रोक्न अनुगमन संगै स्थानीय निकायको सहभागीतामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी भएको उहाँले बताउनुभयो ।

साथै कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत बैठकमा छलफल हुँने छ । साथै यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा कडा बनाइने प्रजिअ निरौलाले बताउनुभयो ।

छिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

    सम्बन्धित समाचार...