६ जेष्ठ २०८१, आईतवार

काठमाडौँ उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल (विज्ञप्तिसहित)

CDO KTM1616607651

पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

भिडभाडजन्य गतिविधिले सङ्क्रमण दर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।

सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भिडभाडजन्य गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।” पछिल्लो समय सङ्क्रमण दर बढ्दै गएपछि अस्पतालहरूमा आइसियु, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

229794053 1935926916580959 5868543247962700075 n