२१ बैशाख २०८१, शुक्रबार

आज ओली र नेपालबीच भेट हुन्छ – नेम्वाङ

kp oli madhav nepal
फाइल फोटो

नेकपा एमालेका स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचमा भेट हुने बताउनुभएको छ ।

आज पार्टी अध्यक्ष र नेपालबीच भेट हुन्छ तर, समय भने टुङ्गो लागिसकेको छैन, नेम्वाङले बताउनुभएको छ ।

तर, उता नेपाल पक्षका नेताहरुले भने भेटबारे अझै टुङ्गो नलागेको बताउनुभयो । नेपाल पक्षका नेता रघुजी पन्तले हिजो सोमबार पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेट हुने भन्ने कुरा भएको हो तर, आजको भने थाहा भएको छैन, पन्तले बताउनुभयो ।

यसैगरी, नेपाल पक्षमा नै रहँदै आउनुभएका अर्का नेता सुरेन्द्र पाण्डेले पनि एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेट हुने भन्ने कुरा सामान्यरुपमा बाहिर आएको छ तर समयको टुङ्गो लागेको छैन, उहाँले बताउनुभएको छ ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद वार कि पार लगाउन निर्देशन दिनुभएको थियो । एमाले वरिष्ठ नेता नेपालले पनि पछिल्लो समय सरकारमा सहभागी हुनेभन्दा पनि पार्टी एकतालाई नै जोड दिनुभएको जनाइएको छ ।

पार्टी अध्यक्ष ओलीसँगको भेट अघि नेता नेपालले संस्थापन पक्षका सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसँग भेट गरिसक्नुभएको छ ।यही अवस्थामा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा आज भेट हुने निश्चित भएको हो ।