८ बैशाख २०८१, शनिबार

देउवा सरकारमाथि भूमि त्रिपाठीको कटाक्ष : गोरु सधैँ ब्याउँदैन

Bhumi Tripathi

नेकपा (एमाले)का सांसद् भूमिप्रसाद त्रिपाठीले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

दार्चुलामा नेपाली नागरिक जयसिंह धामीको ज्यान जाने गरी भारतीय एसएसबीले तुइन काटेको घटनालाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार निरीह भएको पनि बताए ।

“दार्चुला घटनालाई लिएर यो सरकार भारतीय दादागिरीसामू निरीह भएको छ,” उनले भने,“सर्वोच्चको परमादेशबाट बनेको यो सरकारलाई हेक्का रहोस्, गोरु सधैँ ब्याउँदैन ।”

त्रिपाठीले देउवा नेतृत्वको यो सरकार अरु कसैका लागि कम्फर्टेबल भएको पनि आरोप लगाए ।“यो सरकार अरु कसैका लागि कम्फर्टेबल भएको छ,” उनले भने,“एउटा नागरिकको ज्यान जाँदा पनि यो सरकार रमिते भएको छ ।”

    सम्बन्धित समाचार...