
फाइल फोटो
जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका विद्यालयहरुलाई भौतिक रुपमा पठन–पाठन कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेर शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको हो ।
कोरोना संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि प्रशासनबाट जारी निषेधाज्ञामा भौतिक उपस्थितिमा शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु सञ्चालन गर्न निषेध गरिएको भन्दै निषेध आदेशमा उल्लेखित व्यवस्थाको अवज्ञा गरी केही स्थानीय तह तथा शैक्षिक संस्थाहरुले विधार्थीको भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको र गर्ने तयारी गरेको भन्ने बुझिन आएकाले निषेधाज्ञामा उल्लेखित व्यवस्थाहरु कडाईका साथ पालना गर्न प्रशाशनले अनुरोध गरेको छ।