१५ बैशाख २०८१, शनिबार

त्रिपक्षीय प्रतिस्पर्धा धादिङमा: एमाले र राप्रपाको तालमेलले सत्ता गठबन्धनलाई चुनौती

dhading

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धादिङमा सत्तारुढ दलको गठबन्धन छ भने एमालेले पनि राप्रपासँग तालमेल गरेको छ । धादिङमा सत्ता साझेदारहरुको गठबन्धन र प्रतिपक्षी एमाले- राप्रपाको गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभातर्फ धादिङ क्षेत्र नंवर १ मा सत्ता गठबन्धनबाट हाल बागमती प्रदेशका मुख्यमन्त्री रहेका राजेन्द्रप्रसाद पाण्डे उम्मेद्वार छन् ।

उनको क्षेत्रको प्रदेश क मा नेपाली कांग्रेसले आफ्नो उमेदवार उठाएको छ भने प्रदेश ख मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल उमेदवार बनेका छन् । यहि क्षेत्रमा राप्रपाको समेत सहयोगमा नेकपा एमालेबाट भूमी त्रिपाठी चुनावी मैदानमा छन् ।

क्षेत्र नंवर १ को प्रदेश क मा एमालेका रमेशकुमार आचार्य र ख मा पनि एमालेका गजेन्द्र थपलियालाई राप्रपाले उम्मेदवार नै नउठाई सघाउने भएको छ ।

यता धादिङ क्षेत्र नंवर २ मा कांग्रेसका रामनाथ अधिकारी एकीकृत समाजवादी र माओवादि केन्द्रको साथ लिएर चुनावी मैदानमा छन् । क्षेत्र नंवर २ को प्रदेश क मा कााग्रेस कै गोविन्द लम्साल र प्रदेश ख मा माओवादि केन्द्रका जगत सिंखडा गठबन्धनका उमेद्वार छन् ।

एमालेले यस क्षेत्रमा पनि राप्रपासाग तालमेल गरेर पुरानै सांसद खेमप्रसाद लोहनीलाई अघि सारेको छ भने प्रदेश क मा पनि एमालै कै रामकुमार अधिकारीलाई उमेदवार बनाएको छ । उनि यसअघि पनि प्रदेश सभा सदस्य हुन् ।

प्रदेश ख मा राप्रपा नेता बुद्धिमान तामाङका भाई डम्वर तामाङलाई उम्मेदवार बनाइएको छ । सवाहेक पनि साना दल र स्वतन्त्रहरुबाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

उम्मेद्वारहरुको भनाईलाई आधार मान्दा आफ्नो पार्टीको मतभन्दा पनि अर्काको मतमा उम्मेदवारहरुले विजयी हुने प्रयास गरिरहेका छन् ।