१४ बैशाख २०८१, शुक्रबार

‘धुपौरे’ विवादमा अनमोल केसीको स्पष्टीकरण : थप मेहनत गरेर राम्रो सिनेमा बना‌औं भन्नु गल्ती हो ?

anmol kc

केही दिन अगाडि मात्रै नायक अनमोल केसीले ५ लाख ठगि गरेको भन्दै निर्माताद्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गराए । चलचित्र ‘धुपौरे’मा काम गर्ने भन्दै सम्झौता गर्दा लिएको ५ लाख अनमोलले फिर्ता नगरेको भन्दै उनी बिरुद्ध ठगीको मुद्दा दर्ता गराएका थिए ।

मुद्दा दर्ता भएको केही समय अनमोल चुप बसेका थिए । तर, अहिले अनमोलले यस विषयमा आफ्नो स्पष्टिकरण दिएका छन् । ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त अनमोलले फेसबुकमा स्टाटस लेख्दै उक्त विषयमा स्पष्टिकरण दिएका हुन् ।

एडभान्स लिएर फिल्म नगरेको फिल्म निर्माताले आरोप लगाएका थिए । यहि बिषयलाई लिएर चरित्र हत्या प्रयास भएको अनमोलले बताएका छन् । सामाजिक संजालमा स्ट्याटस पोस्ट गर्दै उनले यस विषयमा मुख खोलेका हुन् । उनले यो फिल्मलाई अझै राम्रो बनाउन स्किृप्टमा थप तयारी गर्न समय मागेको तर ‘धुपौरे’ निर्माता निर्देशकले ठगी मुद्दामा उजुरी हालेको बताएका छन् ।

‘धुपौरे’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ, स्किृप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइनभन्दा धेरै फरक लाग्यो,’ अनमोलले भनेका छन्, ‘मैले निर्माता निर्देशकलाई स्किृप्टमा थप का मगर्न आग्रह गरेँ, स्किृप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊँ भन्नु के मेरो गल्ती हो र ?’

साथै उनले आफूले लिएको एडभान्स रकम जतिबेला पनि फिर्ता गर्न आफू तयार भएको प्रतिक्रिया दिएका छन् ।

उनले आफूलाई ठगीको आरोप लागेकोमा स्तव्ध भएको लेखेका छन् । उनले त्यहाँ चलचित्रको स्कृप्ट चित्त बुझ्दो नभएका कारण आफूले चलचित्र छोडेको र त्यहीँ समय पैसा फिर्ता गर्न खोज्दा उहाँहरुले नलिएको अनमोलले लेखेका छन् ।

उनको पोष्ट जस्ताको तस्तै:

म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।

करीब ३,४ महिना पहिला “धुपौरो” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु। ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र रु तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु ।

अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त रु मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।