१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : सन्तुलित आहार दिन थालियो, दैनिक हिँडडुल

oli tu kidney

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको शिक्षण अस्पतालले जनाएको छ ।

ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा प्रमको स्वाश्थ्यमा क्रमिक सुधारका लक्षणहरु देखिन थालेको उल्लेख छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले आइतवार अपराह्न नियमित विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यका सबै सूचकांकहरू सामान्य रहेको जनाएका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा क्रमिक सुधारका लक्षणहरू देखिएका छन्, साथै उहाँको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य छन्’, अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खडगाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Teaching Hospital