१४ बैशाख २०८१, शुक्रबार

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा चारको निधन

61078d4030cc7 Deadly helicopter crash in California

अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा कम्तिमा चार जनाको निधन भएको छ । क्यालिफोर्नियाको कोलुसा काउन्टिमा उक्त दुर्घटना भएको बताइएको छ ।

अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार आर ६६ हेलिकप्टर स्थानीय समयअनुसार आइतबार अपरान्ह करिब एक बजे दुर्घटना भएको हो । हेलिकप्टरमा सबार चारैजनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र अमेरिकी यातायात सुरक्षा परिषद्ले बिहान एक ट्वीट गर्दै उल्लेख गरेको छ ।