८ बैशाख २०८१, शनिबार

अमेरिकाको डीभीको आवेदन बुधवार रातिबाट खुला हुँदै, यी पाँच कुराहरुमा ध्यान दिन दूतावासको आग्रह

america flag

अमेरिकाको डाईभर्सिटी भिसा (डीभी) का लागि आवेदन बुधवाररातिबाट खुला हुने भएको छ ।

सन् २०२३ का लागि आवेदन बुधवार राति ९ः४५ बजेबाट खुल्न लागेको हो । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले आवेदन दिँदा पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । दूतावासले सबै निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न अपील गरेको छ । यस्तै स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि कुनै शुल्क नतिर्न सुझाव दिएको छ ।

डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।