१३ बैशाख २०८१, बिहीबार

टुंग्यायो माओवादी केन्द्रले मन्त्रीको नाम (सूचीसहित)

prachanda maobadi perisdanda

नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषदमा पठाउने थप मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंग्याएको हो ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री पठाउने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

कस–कसलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सत्ता गठबन्धन बैठकमा माओवादीलाई थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी र कृषि तथा पशुपन्क्षी मन्त्रालय दिने सहमति भएको थियो ।

यसअघि नै माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा पम्फा भुसाललाई पठाइसकेको छ ।