१४ बैशाख २०८१, शुक्रबार

तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको घटनामा पाँच सदस्यीय छानविन समिति गठन

Home ministry of Nepal

सरकारले दार्चुला घटनाको छानविन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयले जयसिंह धामी दार्चुलाको मालघाट र भारतको गस्कुबाट तुइनको प्रयोग गरी महाकाली नदी तर्ने क्रममा वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको हो ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको अध्क्षतामा छानविन समिति गठन गरेको हो । समितिमा डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट छन् ।

महाकाली नदी तरेर सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै वेपत्ता भएका थिए । उक्त घटनामा भारतको सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएको विषय चर्चामा छ । प्रशासनले भने यसको अनुसन्धान भइरहेको जनाएको छ ।

darchula incident scaled 1