६ बैशाख २०८१, बिहीबार

विकास र सुशासनका लागि कम्युनिष्ट सरकार : अध्यक्ष ओली

kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको बताउनुभएको छ । 

तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा  योगदान गरेको उल्लेख गर्नुहुँदै अहिले केही महत्त्वाकाङ्क्षी नेताका कारण आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउने कार्य भएको बताउनुभयो । 

अध्यक्ष ओलीले परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने बताउनुभयो ।