१४ बैशाख २०८१, शुक्रबार

निर्वाचनबाट नभइ कुबाटोबाट आएको प्रतिगमनकारी सरकार हो: ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको आरोप लगाएका छन् ।

तुल्सीलाल स्मृति दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भनेर एमाले नेताकै हैसियतमा सहभागी माधव नेपाललाई बेसरमको संज्ञा दिए ।

ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने बताए ।