४ आश्विन २०७८, सोमबार

‘सम्झिनि पानी छम्किनी’को तीज भर्सन सार्वजनिक, भुवन केसी र दीपाश्री निरौंला फिचर्ड

hq720

गायक सम्राट चौलागाइँले करिब पाँच पहिना पहिले ‘सम्झिनि पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याए । युट्युवमा यो गीतलाई हालसम्म ८० लाख बढि पटक हेरिएको छ । यो बीचमा सम्राटले नजिकिँदो हरितालिका तीजलाई लक्षित गर्दै सोहि गीतको ‘तीज भर्सन’ सार्वजनिक गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरियो । ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा मल्टिस्टारहरुलाई एकसाथ पर्दामा उतारिएको छ । विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता भुवन केसी, अभिनेत्री निर्देशक दिपाश्री निरौंला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट आंफै पनि फिचर्ड छन्, मोडल गीता ढुङ्गानाको अपोजिटमा ।

चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ । ‘हाइ बजेट’को भिडियोमा उच्च मेकिङ देख्न सकिन्छ । निर्देशक स्वाँरले सुन्दर ढंगले कलाकारहरुलाई अभिनयमा प्रस्तुत गरेका छन् ।

आयोजित कार्यक्रममा अभिनेता भुवन केसी र दिपाश्री निरौंलाले रिल रोमान्सका रमाइला किस्साहरु सुनाए भने ‘डान्स स्टेप’ पनि सञ्चारकर्मीमाझ देखाए । गायक चौलागाइँले दर्शकको मायाले निरन्तर गायनसँगै अभिनय यात्रामा आफु अघि बढिरहेको बन्दै यो प्रकारको माया पाइराख्ने अपेक्षा राखे ।

गायक सम्राट चौलागाइँकै अफिसियल युट्युव च्यानलबाट इन्टरनेट रिलिज गरिएको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन विरवहादुर थारुले गरेका छन् । गीतमा शब्द संगीत पनि गायक चौलागाइँकै छ ।