१३ बैशाख २०८१, बिहीबार

भारतीय आर्मीले तुइन काटेर नागरिक वेपत्ता भएको घटनाको यथार्थ संघिय सरकारले सार्वजनिक गर्नुपर्छ

IMG 4274 1024x530 1

बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले भारतिय आर्मीले तुइन काटेर आफ्नै देशको मान्छे मर्दापनि संघिय सरकारले सत्यतथ्य पत्ता लगाउन नसकेको बताउनुभएको छ ।

चितवनको राप्तीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लामाले दार्चुलामा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे संघिय सरकारलाई सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँले भारतले राष्ट्रियता माथि पटक पटक धावा बोलेको भन्दै सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो । स्थानीय जयसिंह धामीको तुइन तर्दै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले डोरी काटिदिएको भन्दै चौतर्फी रुपमा विरोध भइरहेको छ ।